अत्तरिया – कैलालीको अत्तरिया उद्योग वाणिज्य संघले बिधान अनुसार दाबी गर्दै मनोनीत गरेका सदस्यको मनोनयन अदालतले खारेज गरेको छ ।
संघले पुष २८ गते ६ जना सदस्यलाई मनोनीत गरेको थियो। उच्च अदालत दिपायलले उक्त मनोनयन बिधान सम्मत नभएको भन्दै खारेज गरेको अदालतको पुर्ण पाठमा उल्लेख गरेको छ ।
यस्तै अदालतले बिधान बमोजिम संघका सदस्य र पदाधिकारीको समेत पदपूर्ति गर्न गराउन अत्तरिया उधोग बाणिज्य संघका नाममा परमादेश जारी गरेको छ ।
यस्तै अदालतले कैलाली जिल्ला प्रसासनलाई बिधान बमोजिम उद्योग वाणिज्य संघ संचालन गर्न निर्देशन दिन समेत आदेश जारी गरेको छ। अत्तरिया उद्योग वाणिज्य संघ जिल्ला प्रशासन कैलालीमा दर्ता रहेको संस्था हो ।
उक्त संस्थाका संस्थाको नेतृत्व प्रती असहमति जनाउँदै गत मंसिर ५ गते ११ जनाले राजिनामा दिएका थिए ।
अदालतले संघले पछि मनोनीत गरेका ६ जना सदस्य समेत गर्दा पनि बि धिबत रूपमा बैठक बस्नको लागि गणपुरुक संख्या नपुगेको ठहर गरेको छ ।