अत्तरिया – धनगढीमा ट्याङ्करको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।
आइतबार कञ्चनपुरको वेदकोट नगरपालिका- १ बस्ने ४९ वर्षीय प्रकाशदत्त भट्टले चलाएकोे सुपप्र ०१००१प २२११ नम्बरको ट्याङ्करको ठक्करबाट साइकलमा सवार गोदावरी नगरपालिका वडा नम्बर- ८ की २१ वर्षीय पार्वती खड्का गम्भीर घाइते भएकी थिइन् ।

उनको उपचारका क्रममा मायामेट्रो अस्पतालमा सोमबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
ठक्कर दिने सवारी साधन र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।