
अत्तरिया – कैलालीको गोदावरीबाट लागूऔषधसहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गोदावरी- ८ स्याउले स्कुल टोलका २१ वर्षीय प्रकाश भुल र २५ वर्षीय सुनील बम रहेका छन् ।

मंगलबार (आज) बेलुकी उनीहरुको साथबाट इलाका प्रहरी कार्यालय मालाखेती र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले २ ग्राम ८० मिलिग्राम लागूऔषध (हेरोईन) बरामद गरेको छ ।
पक्राउ परेकाहरु माथि थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।
















