तीनकुनेको आगजनीमा परी एभिन्युज टिभीका पत्रकारको मृत्यु

Image
maya metro

काठमाडौं – तीनकुनेको भवनमा लागेको आगोमा जलेर एक जना पत्रकारको मृत्यु भएको छ । सो भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका सुरेश रजकको मृत्यु भएको हो ।

राजावादीहरुले तीनकुनेमा गरेको प्रदर्शनमा प्रहरीसँग झडप भएपछि एक भवनमा आगजनी भएको थियो । सो घटनालगत्तै रजक सम्पर्कविहीन भएका थिए ।

nisarga

एभिन्युज टेलिभिजनका सम्पादक शिव दाहालले राजावादीले निजी घरमा लगाएको आगोमा परी रजकको मृत्यु भएको बताए। उनी विगत ५ वर्षदेखि क्यामरा पर्सनको रूपमा एभिन्युज टेलिभिजनमा कार्यरत थिए।

दाहालका अनुसार रजकले उक्त आगलागी भएको घरको छतमा बसेर प्रदर्शनकारीहरूको भिडियो बनाइरहेका थिए। सोही घरमा प्रदर्शनकारीले आगो लगाएपछि उनी जलेका थिए।

प्रहरी प्रवक्ता डीआइजी दिनेशकुमार आचार्यले आगलागी भएको घरबाट एक जनाको शव निकालेको पुष्टि गरे। उनले भने, ‘आगलागी भएको घरबाट एक जनाको शव निकालेको छौं। पोस्टमार्टमका लागि शिक्षण अस्पताल लगिएको छ।

रजक एभिन्युजका लागि उक्त घरबाट दृश्य खिचिरहेका बेला प्रदर्शनकारीले उक्त घरमा आगजनी गरेका थिए। त्यस्तै झडपमा कीर्तिपुरका अर्का एक युवकको पनि मृत्यु भएको छ। मृत्यु हुनेमा २९ वर्षीय सविन महर्जन रहेको प्रहरीले जानकारी दिएको छ।