
अत्तरिया – कैलालीको अत्तरिया चौराहमा राखिएका २ ठेलामा आगलागी भएको छ ।
अत्तरिया चौराहस्थित महेन्द्रनगर रोडमा रहेको आशिष बिर्यानी र सुरेश खाजा पसलमा आगलागी भएको हो ।

आगलागीबाट दुवै ठेला नष्ट भएका छन् भने आगो नियन्त्रणमा आइसकेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
















