सुदूरपश्चिम प्रदेश सभाको अधिवेशन अन्त्य

Image
maya metro

धनगढी – सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सभाको जारी अधिवेशन अन्त्य गरेका छन्।

सोमवार बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै प्रमुख प्रमुखलाई सिफारिस गरेको थियो।

nisarga

सरकारको सिफारिसका आधारमा नै प्रदेश प्रमुख मियाँले सोमवार राति १२ बजेदेखि लागू हुनेगरी संविधानको धारा १८३ को उपधारा (२) बमोजिम अधिवेशन अन्त्य गरेको प्रदेश सभा सचिवालयले जनाएको छ।

सचिवालयले अधिवेशन अन्त्य गरेको सूचना सबै प्रदेश सभा सदस्यहरूलाई राति नै जानकारी गराइसकेको छ। २७ साउन २०८१ मा प्रदेश प्रमुखले सभाको पाँचौ अधिवेशन आह्वान गरेका थिए।

सुदूरपश्चिममा प्रतिपक्षी दलले लगातार प्रदेश सभामा अवरोध सिर्जना गर्दै आएपछि बैठक अघि बढ्न सकेको थिएन तर सरकारले भने प्रतिपक्षी दलको विरोधकैबीच अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो।