अत्तरिया – कैलालीको गोदवरी नगरपालिका वडा नम्बर ५ को कार्यालय नजिक बेवारिसे अवस्थामा भेटिएको४१ हजार रुपियाँ नगद सम्बन्धितलाई बुझाइएको छ ।
मंगलबार स्थानीय चक्र बहादुर बोहरा र बाह्रवन साझेदारी वन व्यवस्थापन समितिका निर्वमान उपाध्यक्ष टेक बहादुर बुढाले बाटोमा बेवारिसे अवस्थामा ४१ हजार नगद फेला पारेका थिए ।

उनीहरुले सो नगद वडा अध्यक्ष सुद्धिराम चौधरीलाई बुझाएका थिए । उक्त नगद आफ्नो भएको भन्दै सोहि वडाका विरेन्द्र बहादुर बिष्टले प्रमाणसहित दावी गरेपछि उनलाई बुझाइएको हो ।
वडा अध्यक्ष चौधरीले प्रहरी हवल्दार नरेन्द्र राज ओझाको रोहवरमा विष्टलाई उक्त नगद बुझाएका हुन् ।