अत्तरिया – कैलालीको बाह्रवन साझेदारी वन व्यवस्थापन समितिको अध्यक्षमा विर बहादुर चोखाल विजयी भएका छन् ।
बिहिबार भएको मतदानबाट निकटतम प्रतिद्धन्दी डण्डीराज सुवेदीलाई २८ मतले पछि पार्दै चोखाल अध्यक्षमा विजयी भएका हुन् ।

चोखालले ७३ मत पाउँदा सुवेदीले ४५ मत प्राप्त गरकोे निर्वाचन अधिकृत उजिरसिंह कुँवरले बताएका छन् ।
उनका अनुसार अध्यक्षका अर्का उमेदवार टेक बहादुर बुढाले २२ मत पाएका छन् ।
समितिका १६ पदका लागि मतदान भएको थियो जस्मा ४५ जना उमेदवार प्रतिष्पर्धामा थिए ।