अत्तरिया – कैलालीको बाह्रवन साझेदारी वन व्यवस्थापन समितिको अध्यक्षमा विर बहादुर चोखाल विजयी भएका छन् ।
बिहिबार भएको मतदानबाट निकटतम प्रतिद्धन्दी डण्डीराज सुवेदीलाई २८ मतले पछि पार्दै चोखाल अध्यक्षमा विजयी भएका हुन् ।

चोखालले ७३ मत पाउँदा सुवेदीले ४५ मत प्राप्त गरको निर्वाचन अधिकृत उजिरसिंह कुँवरले बताएका छन् । अध्यक्षका अर्का उमेदवार टेक बहादुर बुढाले २२ मत पाएका छन् ।
त्यस्तै उपाध्यक्षमा बल बहादुर ऐर र टेक बहादुर कुँवरको उमेदवारी परेकोमा समान २/२ मत आएको छ । चिठ्ठा मार्फत विजेता घोषणा गरिने जनाइएको छ ।
त्यस्तै जनप्रतिनिधि अन्तरगत विजयराज ओझा र हरिराम चौधरीको उमेदवारी परेकोमा ओझा १३ मत सहित विजयी भए भने चौधरीले ७ मत पाए ।
त्यस्तै ३ जना महिला सदस्य पदका लागि मतदान भएकोमा ७१ मत सहित सुशिला चौधरी, ६३ मत सहित लक्ष्मी देवी भण्डारी र ५८ मत सहित गौरी कुमारी लामा विजयी भए ।
महिला सदस्य पदका अन्य उमेदवार चन्द्रकला महराले ५२, तारा कुमारी चौधरीले ४४, चन्द्रकला महराले ५२, कमला गुरुङले २३ र सविता भण्डारीले ४० मत पाए ।
खुला सदस्यमा ५ पदका मतदान भएकोमा ६९ मत सहित राजेन्द्र प्रसाद जोशी, ६५ मत सहित पदमराज जोशी, ६५ मत सहित विक्रम विश्वकर्मा, ६२ मत सहित प्रकाश आर्चाय र ६१ मत सहित प्रकाश चन्द विजयी भए ।
त्यसैगरि दलित सदस्यमा ७६ मत सहित प्रेमसिंह विक विजयी हुँदा बाजी कामीले ४६ मत पाए । मधेशी सदस्यमा ७३ मत सहित श्याम सुन्दर ठाकुर विजयी हुँदा विश्वनाथ शर्माले ५६ मत पाए भने जनजाती सदस्यमा सुनिलाल चौधरी ६९ मत सहित विजयी हुँदा कालुराम राना थारुले २५ र राम बहादुर तारामी मगरले ३३ मत पाए ।
त्यसैगरि आदीवासी सदस्यमा जगन्नाथ राना ५९ मत ल्याएर विजयी भए भने जीवन रानाले २९ र गोपाल दास चौधरीले ३८ मत पाए । बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म भएको मतदानमा १४६ रहेकोमा १४४ मत खसेको थियो ।
चोखाल, सुवेदी र बुढा प्यानलसहित निर्वाचनमा होमिएका थिए । महिला सदस्यमा विजयी भएकी लामा सुवेदी प्यानलबाट निर्वाचित भएकी हुन भने अरु सबै चोखाल प्यानलबाट निर्वाचित भएका हुन् ।
उपाध्यक्षमा चोखाल प्यानलकै ऐरसंग समान मत ल्याएका कुँवर भने स्वतन्त्र उमेदवार हुन् । ठुलो आर्थिक कारोबार समेत हुने भएकोले यो वनको निर्वाचनलाई यस क्षेत्रमा महत्वका साथ हेर्ने गरिन्छ ।