कांग्रेस सुदूरपश्चिमका महामन्त्री शाह सहित छ जना घाइते

Image

धनगढी – नेपाली कांग्रेस सुदूरपश्चिमका महामन्त्री नरनारायण शाह (मनु) चढेको गाडी गम्भीर दुर्घटनामा परेको छ ।

परिवारका सदस्य सहित धनगढीबाट दिल्ली जादै गरेका शाह चढेको गाडी आज बिहान भारतको खिरी जिल्लाको खुटारमा दुर्घटनामा परेको हो ।

nisarga

दुर्घटनामा परी शाह सहित छ जना घाईते भएका छन् । जसमध्ये तीन जनाको अवस्था गम्भीर छ । तीन जनाको अवस्था सामान्य छ ।

शाह चढेको गाडी बससंग ठोकिएको बताईएको छ ।

दुर्घटनापछि खुटारस्थित सरकारी अस्पताल भर्ना गरिएका शाहलाई रेफर गरिएको बताईएको छ ।