
अत्तरिया – कैलालीको अत्तरियाका व्यवसायी ज्ञानेन्द्र खड्कामाथी अनुसन्धान गर्न २ दिनको म्याद थप गरिएको छ ।
आइतबार (आज) सरकारी वकिलको कार्यालयले खड्कामाथी अनुसन्धानका लागि थप २ दिनको म्याद दिएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रण बहादुर चन्दले बताएका छन् ।

अघिल्लोपटक थपिएको पाँच दिनको म्याद सकिएपछि प्रहरीले आज खड्कालाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराएको थियो ।
खड्काको बैंक स्टेटमेन्ट पनि मागिएको प्रहरीले जनाएको छ ।
सुन चोरी लगाएतमा संलग्न रहेको आरोपमा खड्कालाई वैशाख २२ गते अत्तरिया क्षेत्रबाट पक्राउ गरिएको थियो ।
सम्बन्धित समाचार