सालका गोलिया चोरेर हिँडेको ट्याकटरको टायर पन्चर भएपछि…

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर- ९ स्थित बल्मीमा चोरिका सालका गोलिया फेला परेका छन् ।

गौरीगंगा नगरपालिका- ६ र गोदावरी नगरपालिकाको सिमानामा से१त ९५१७ नम्बरको ट्याकटरमा सालको ४ गोलिया बेवारीसे अवस्थामा बरामद गरिएको अस्थाई प्रहरी बिट स्याउलेले बताएको छ ।

nisarga

आज बिहान अकस्मात आएको हावाहुरी र वर्षाको मौका छोपी बालुवामा सालका गोलिया लुकाएर ल्याउँदै गरेको ट्याकटरको टायर पन्चर भएपछि ट्रली नै छोडेर चालक फरार भएका छन् ।

बरामद भएको काठ इलाका प्रहरी कार्यालय चौमालालाई बुझाइएको र चालकको खोजी कार्य भइरहेको अस्थाई प्रहरी बिट स्याउलेले जनाएको छ ।