
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर –४ को नवौं वडा भेलामा नेकपा एमाले वडा नम्बर ४ का अध्यक्ष पुष्पराज सुवेदी बोल्दै गर्दा माइक काटिएपछि विवाद भएको छ ।
वडा भेलामा वक्तालाई प्रदान गरिएको निर्धारित समयभन्दा बढी समय लिएको भन्दै सुवेदी बोल्दै गर्दा माइक काटिएको थियो ।

झण्डै १४ मिनेट बोलेपछि उद्घोषकले सुवेदीलाई दुईपटक चिट दिएकी थिईन् भने उनले आफूलाई समय दिन आग्रह गरेका थिए ।
माइक काटिएपछि सुवेदीले आफू मुख्य प्रतिपक्षी दलको प्रतिनिधि भएको हुँदा वडा बासीका समस्या सभामा राखेर मात्रै रोस्टम छोड्ने अडान लिएका थिए ।
केहिबेरको विवादपछि माइक सुचारु गरिएको थियो ।