
अत्तरिया – कैलालीको अत्तरिया उद्योग वाणिज्य संघमा आज बसेको वैठक विना निष्कर्ष टुंगिएको छ ।
संघको सभाहलमा मंगलबार (आज) बसेको वैठकमा समितिका निर्वतमान कार्यसमिति, पूर्व कार्यसमित र वर्तमान कार्यसमिति सहभागी थिए ।

सिडिओ कार्यालय कैलाली र सरकारी वकिलको कार्यालयले वैशाख १५ गतेभित्र भित्र व्यवसायी भेला राखेर चुनावी समिति गठन गर्न दिएको आदेश अनुसार ढिलो गरि आज वैठक बसेको थियो ।
तर व्यवसायीको भेलामार्फत चुनावी समिति गठन गर्ने वा वैठकबाटै वर्तमान अध्यक्षकै संयोजकत्वमा चुनावी समिति गठन गर्ने भन्नेबारे एकमत हुन नसकेपछि वैठक विना निष्कर्ष टुंगिएको संघका निवर्तमान महासचिव शंकर खड्काले बताए ।
२०८१ साल पुषमा संघले आयोजना गरेको प्रादेशिक महोत्सवमा नक्कली टिकट ठेली फेला परेपछि संघमा विवाद सुरु भएको थियो । सोहि विवादका कारण हालसम्म संस्था बन्धक बनेको छ । आम भेला नै कानुनी बाटो भएको आफुहरुको बुझाई रहेको खड्काको भनाई छ ।