
अत्तरिया – कैलालीको अत्तरियामा बेहोस अवस्थामा भेटिएका एक जनाको मृत्यु भएको छ ।
गोदावरी नगरपालिका–२ अत्तरिया बसपार्कमा बिहीबार राति बेहोस अवस्थामा भेटिएका नाम, थर नखुलेका अन्दाजी ३५ वर्षीय पुुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बेहोस भेटिएका उनलाई इलाका प्रहरी कार्यालय मालाखेतीले उपचारका लागि पदमा अस्पताल पुर्याएको थियो । पदमा अस्पतालले सेती प्रादेशिक अस्पताल रेफर गरेको थियो ।
उनको सेती प्रादेशिक अस्पतालमा राति उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान भने खुुलेको छैन । उनको शव परीक्षणका लागि प्रादेशिक अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।