समता स्कुललाई हेमा श्री फाउन्डेसनको सहयोग

Image
maya metro

अत्तरिया – हेमा श्री फाउन्डेसन नेपालले कैलालीको गोदावरी नगरपालिका- २ स्थित समता स्कुललाई आर्थिक सहयोग गरेको छ।

स्कुलको नवनिर्मित भवन तथा भौतिक संरचना खरिदमा सहयोग पुगोस् भन्ने उद्देश्य र सामाजिक उत्तरदायित्व अन्तर्गत बिधालयको शैक्षिक गुणस्तर सुधारमा ४० हजार नगद सहयोग गरिएको फाउन्डेसनका कार्यबाहक अध्यक्ष हेमन्तराज जोशी(बाजे) ले बताए।

nisarga

विद्यालयकी प्राध्यापक रितु पाण्डे शाहु लाई फाउन्डेसनकी कोषाध्यक्ष लक्ष्मी बोगटी कुँवरको उपस्थितिमा उक्त रकम प्रदान गरिएको हो।

गौरीगंगा नगरपालिका-६ मा रहेको फाउन्डेसनले सामाजिक क्षेत्र र बालबालिका लाई शैक्षिक प्रोत्साहन गर्दै विभिन्न सहयोगका कार्य गर्दै आएको छ।