
धनगढी – नेपाल प्रेस युनियन कैलालीले दुई पत्रकारलाई सम्मान गरेको छ। सम्मानित हुनेमा नयाँ सन्देश अनलाइनकी प्रकाशक तथा सम्पादक रमा चन्द र सनराइज टेलिभिजनका सम्पादक शेरबहादुर ऐर रहेका छन्।
कार्यक्रममा युनियनका पदाधिकारीहरूले पत्रकार चन्द र ऐरले पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै, सत्य र निष्पक्षताको पक्षमा खटिने पत्रकारहरू समाज परिवर्तनका अग्रपंक्तिमा रहने उल्लेख गरे।

सम्मान प्राप्त गर्दै पत्रकार रमा चन्दले सत्य र जिम्मेवार पत्रकारितालाई अझै सशक्त बनाउँदै लैजाने प्रतिबद्धता जनाइन्। त्यस्तै, पत्रकार ऐरले पनि समाजको आवाज बुलन्द बनाउने पत्रकारितामा अझ निखार ल्याउने अठोट व्यक्त गरे।
यो सम्मानले पत्रकारितामा क्रियाशीलहरूलाई थप ऊर्जा र प्रेरणा दिने विश्वास गरिएको युनियनका कैलाली जिल्ला अध्यक्ष सीताराम ओझाको भनाइ छ।















