
अत्तरिया – कैलालीमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिएको छ ।
गोदावरी नगरपालिका वडा नम्बर ८ स्थित स्याउलेमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिएको हो ।

लामो समयदेखि सडक खनेर अलपत्र छोडिएपछी स्थानीयले राजमार्ग अवरुद्ध गरेका हुन् ।
स्याउले बजार व्यवस्थापन समितिका अध्यक्ष गोपाल देउवाले मुख्य राजमार्ग खनेर अलपत्र छोड्दा बजार धुलाम्य भएको बताए ।
समयमा सडक कालोपत्रे नगर्दा स्थानीयले सास्ती खेप्नुपरेको उनले बताए ।
धेरै पटक आग्रह गर्दा पनि कालोपत्रे नगरेपछि राजमार्ग अवरुद्ध गर्नुपरेको उनको भनाई छ ।















