पौडी सिक्न गएका बालकको मृत्यु

Image
maya metro

वीरगन्ज – पर्सामा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । एउटा होटेलको पौडी पोखरीमा तालिम गर्न गएका वीरगन्ज महानगरपालिका–११, रानीघाटका नौवर्षे बालक बजरंगी रौनियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख गौतम मिश्रका अनुसार, होटेलको तेस्रो तलास्थित स्वमिङ पुलमा डुबेर अचेत भएका बालकलाई नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।

nisarga

प्रशिक्षक र जीवनरक्षकलाई निगरानीमा राखेर अनुसन्धान भइरहेको उनले बताए । उनले भने, “अस्पतालले बुधबार (असार २५) बेलुका बालकको मृत्यु भएको जानकारी दिएको छ ।”