
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर- ४ स्थित गोदावरीमा होटल व्यवसाय गर्दै आएका मोहनसिंह बोहराको १५ औं दिनको पुण्यतिथिमा होटल व्यवसायीहरुले शोक व्यक्त गरेका छन् ।
होटल व्यवसायी महासंघ नेपाल र गोदावरी होटल व्यवसायी संघ गोदावरीका प्रतिनिधिहरुले बोहराको मृत्युमा शोक व्यत्त गरेका हुन् ।

होटल व्यवसायी महासंघ नेपालकी केन्द्रिय उपाध्यक्ष धनादेवी चोखाल, गोदावरी होटल व्यवसायी संघका अध्यक्ष लक्ष्मण धामीसहित प्रतिनिधिहरु बोहराकी धर्मपत्नी र परिवारलाई भेट्न बुधबार घरमै पुगेका थिए ।
बोहराको ७१ वर्षको उमेरमा असार १८ गते निधन भएको थियो । बोहराको निधन प्रति दुख व्यत्त गर्दै होटल व्यवसायी महासंघ नेपालकी केन्द्रिय उपाध्यक्ष चोखालले यस क्षेत्रका होटल व्यवसायीहरुले असल अभिभावक गुमाएको बताएकी थिइन् ।
















