भेरीमा टिपर खस्दा तीनजना बेपत्ता

Image
maya metro

काँक्रेविहार – भेरी नदीमा गएराति टिपर खस्दा तीनजना बेपत्ता भएका छन्।

जाजरकोटको नलगाड नगरपालिकाको दल्लीबाट जाजरकोटकै रिम्नातर्फ जाँदै गरेको भेरी करिडोरको काम गर्दै आएको यती विल्डर्सको रा१क १५०१ नम्बरको टिपर रुकुम पश्चिमको आठबीसकोट- १४ पिपलचौरस्थित भेरी नदीमा खसेको इलाका प्रहरी कार्यालय रिम्नाका प्रहरी नायब निरीक्षक शिjकुमार चौधरीले जानकारी दिए।

nisarga

उनका अनुसार टिपरमा चालकसहित तीनजना सवार थिए। उनीहरुको अवस्था अज्ञात छ। बेपत्ताको खोजीमा रुकुमपश्चिम र जाजरकोटको प्रहरी टोली परिचालन गरिएको प्रहरी नायब निरीक्षक चौधरीले बताए।

भेरी नदीमा पानीको मात्रा अत्यधिक भएकाले बेपत्ताको खोजी गर्न कठिनाइ भइरहेको उनले बताए। बेपत्ता भएकाहरूको नाम ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ।