अट्वारी पर्वको बिदा संशोधन

Image
maya metro

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले २०८२ सालको अट्वारी पर्वको सार्वजनिक बिदा संशोधन गरेको छ ।

आज बसेको मन्त्रीपरिषद्को बैठकले अट्वारीको अवसरमा भदौ ८ गते सार्वजनिक बिदा दिनेगरी बिदा संशोधन गरेको हो ।

nisarga

यसअघि, सो पर्वको अवसरमा साउन २५ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा दिइएको थियो ।

थारु समुदायको अट्वारी पर्व यस वर्ष भदौ ८ गते परेकाले बिदा संशोधन गरिएको छ ।

यस्तै, प्रदेश सरकारले असोजमा आयोजना गर्ने भनिएको प्रदेश लगानी तथा विकास सम्मेलनको मिति सारेको छ ।

कार्यकारी समितिले गरेको निर्णय प्रस्तावअनुसार मन्त्रीपरिषद्ले लगानी तथा विकास सम्मेलन मंसिर १ र २ गते आयोजना गर्ने निर्णय गरेको छ ।