
साउनको अन्तिम सोमबार। कैलालीको बेहडा बाबा, शिवपुरी धाम, गोदावरी धामलगायत देशभरका शिवालयमा श्रद्धालुको घुइँचो छ।
चान्द्रमानको पात्रो (तिथिमा चल्ने) अनुसार व्रत बस्नेले अघिल्लो सोमबारलाई नै अन्तिम मानेका थिए।

यो मान्यताअनुसार गुरुपूर्णिमादेखि जनैपूर्णिमासम्मका सोमबार व्रत परम्परा रहेको छ। सौरमानको पात्रो (गतेमा चल्ने) अनुसार भने साउन महिनाभित्रका सोमबारलाई अन्तिम मान्ने चलन छ।
यो वर्ष दुवै पात्रोअनुसार साउनमा चार–चारवटा सोमबार परेको छ। विशेषगरी दाम्पत्य जीवन सुखमय होस् भन्ने कामनासहित साउनको सोमबार भगवान् शिवपार्वतीको पूजा गर्ने र व्रत बस्ने सनातन धर्मावलम्बीको परम्परा छ।















