आज यी तीन प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

Image
maya metro

काठमाडौँ – मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर नेपाल नजिक अवस्थित छ। जसको प्रभावले देशभर पूर्णतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज बिहान गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।

nisarga

आज दिउँसो देशभर साधरणतया बदली रहनेछ। देशका पहाडी भूभागका धेरै स्थानहरूमा र मधेस प्रदेशलगायत देशका बाँकी तराई भूभागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

आज राति देशभर पूर्णतया बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका धेरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी र तराई भूभागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।

मधेस प्रदेश लगायत कोशी प्रदेश र बागमती प्रदेशको पहाडी र तराई भूभागको थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको तथा गण्डकी प्रदेशको पहाडी र तराई साथै लुम्बिनी प्रदेशको तराईको भूभागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।