सबै प्रदेशमा बदली

Image
maya metro

काठमाडौँ – जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर बदली रहने सम्भावना रहेको जनाएको छ ।

यस्तै केही स्थानमा वर्षा हुने सम्भावना देखिएको छ।

nisarga

महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशमा सामान्यतया बदली रहने छ। तर कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा तराई भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुन सक्ने देखिएको छ।

त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ।

आज राती कोशी, मधेश र बागमती प्रदेशमा साधारणतया बदली रहनेछ। बाँकी भू-भागमा आंशिक बदली रहनेछ।

यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ भने बाँकी भू-भागका एक-दुई स्थानमा पनि वर्षा हुने सम्भावना छ। महाशाखाले हाल देशभर मनसुनी वायू र स्थानीय वायूको प्रभाव रहेको बताएको छ।