पूर्वमन्त्री आफताव आलमको मृत्यु

Image
maya metro

काठमाडौं – नेपाली कांग्रेसका नेता एवम पूर्वमन्त्री मोहम्मद अफताव आलमको मृत्यु भएको छ।

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचाररत आलमको आज बिहान ३ बजेतिर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।

nisarga

उनको स्वास्थ्य अवस्था खराब भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेका थियो। सुगर, उच्च रक्तचापलगायत स्वास्थ्यमा समस्या देखिएपछि आलम भर्ना भएका थिए ।

उनको स्वास्थ्यमा थप समस्या खराब बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

उनको शवलाई अन्तिम दाहसंस्कारका लागि शव गृहजिल्ला रौतहटको राजपुरतर्फ लगिसकिएको पारिवारिक स्रोतले जनाएको छ।