अंग्रेजी नयाँ वर्षमा पोखरामा लाखौं पर्यटक

Image
maya metro

पोखरा – अंग्रेजी नयाँ वर्ष २०२२ लाई स्वागत गर्न पोखराको लेकसाइडमा भएको सडक महोत्सवमा अहिलेसम्मको धेरै पर्यटक सहभागी भएका छन्। रेस्टुरेन्ट एन्ड बार एसोसियन (रेवान) पोखराको आयोजनामा भएको २३ औं सडक महोत्सवमा अहिलेसम्मकै धेरै ३ लाखको सहभागिता रहेको आयोजकले बताएको छ।

डिसेम्बर महिनाको ३०, ३१ र सन् २०२२ को पहिलो दिनसम्म तीन दिनमा आन्तरिक, विदेशी र पोखरेलीसमेत गरेर ६ लाखले अवलोकन गरेकोबताईएको छ । न्यूइयर इभ डिसेम्बर ३१ (१६ गते) को दिउँसो १ बजेदेखि भोलिपल्ट बिहान ४ बजेसम्म महोत्सव स्थलको ३ किलोमिटर क्षेत्रमा २ लाखको सहभागिता रहेको उनले बताए। अरु दिन १ लाख गरी ३ लाख बढीको सहभागिता रहेको बताइएको छ

nisarga