
अत्तरिया – कैलालीको अत्तरियामा मंसिर २ गतेदेखि ६ गतेसम्म आयोजना हुन लागेको स्वास्थ्य युवा महोत्सवको स्थान तोकिएको छ ।
महोत्सव गोदावरी-२ तेघरी स्थित पार्टनर प्यालेसमा आयोजना हुने आयोजकले जनाएको छ ।

समृद्ध सुदूरपश्चिम अभियान र नेपाल चेम्बर अफ कमर्स सुदूरपश्चिम प्रदेश, जिल्ला तथा नगर चेम्बर अफ कमर्सको सहकार्यमा स्वास्थ्य महोत्सव महोत्सव आयोजना हुँदै छ ।
टोल र वडामा रहेका एकल महिला, जेष्ठ नागरिक फरक क्षमताका व्यक्ति, बालबालिका, किशोर किशोरीहरूलाई कार्यक्रममा उपस्थिति गराउनको लागि आवश्यक पहल गरिदिन जनप्रतिनिधिहरु, कर्मचारीहरु र सम्बन्धित सबैलाई चेम्बर अफ कमर्सले आग्रह गरेको छ।






























