गोदावरीमा बेवारिसे अवस्थामा महिलाको शव फेला

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–८ स्थित सूर्योदय सामुदायिक वनमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ।

आज दिउँसो सामुदायिक वनभित्र शव देखिएको भन्दै वन संरक्षणकर्मीले अस्थायी प्रहरी पोष्ट स्याउलेमा जानकारी गराएका थिए।

nisarga

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार अन्दाजी ४५ देखि ५० वर्ष उमेरकी देखिने महिलाको शव फेला परेको हो।

शवको कम्मरभन्दा मुनिको भाग, हातमा लगाउने चुरा तथा एउटा झोला घटनास्थलमा भेटिएको छ। शवलाई जंगली जनावरले आंशिक रूपमा खाएको प्रारम्भिक विवरणमा उल्लेख छ।

झोलाभित्र महिलाले प्रयोग गर्ने सामग्री तथा ‘प्रिंका जैसवाल’ नाम उल्लेख भएको कागजसमेत फेला परेको जनाइएको छ। तर मृतकको पहिचान पुष्टि नभएको प्रहरीले जनाएको छ ।

शवको जाँच प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल, धनगढी पठाइएको र घटनाबारे थप अजुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।