
अत्तरिया – कैलालीको गोदावरी-२ अत्तरिया स्थित लोटस गल्लीमा लालटिन क्याफे एन्ड बिस्ट्रो सञ्चालन आएको छ ।
गोदावरीका युवाहरु जय धामी, मनोज दाहाल र सुरेन्द्र भट्टले संयुक्त लगानीमा क्याफे संचालनमा ल्याएका हुन् ।

उक्त क्याफेको आज एक कार्यक्रमका बिच पन्चकन्याबाट उद्घाटन गरिएको हो ।
कफी, कुकीज तथा ब्रेकफास्टका विभिन्न परिकार उपलब्ध हुने सञ्चालक मनोज दाहालले बताए ।

देशमै बसेर केही गर्नुपर्छ भन्ने उदेश्यले करिब १५ लाख लगानीमा क्याफे सञ्चालनमा ल्याइएको अर्का जय धामीले बताए ।
आकर्षक पारिवारिक वातावरण रहेको क्याफेमा स्वादिष्ट खानाका परिकारहरुसमेत उपलब्ध हुने जनाइएको छ ।















