
अत्तरिया – नेपाली कांग्रेस शेर बहादुर देउवा पक्ष कैलालीको गोदावरी नगर समितिको सभापतिमा दिलीप कुमार साउँद चयन भएका छन् ।
पार्टीको १५ औं नियमित महाधिवेशन अन्तरगत आज अत्तरियामा सम्पन्न भएको नगर अधिवेशनले साउँदलाई सर्वसम्मत सभापतिमा चयन गरेको हो । समितिको उप सभापतिमा लिलाधर जोशी र शुसिला कुमारी बलायर चयन भएका छन् ।

त्यस्तै सचिवमा लक्ष्मण राज जोशी र सह सचिवमा विकास सोती र राजेश बडैल ाचयन भएका छन्। अधिवेशनले नगर समितिमा ३७ जना सदस्यहरु समेत चयन गरेको छ ।
नेपाली कांग्रेस गगन थापा पक्ष कैलालीको गोदावरी नगर समितिको सभापतिमा यस अघि रविन्द्र शाही गुड्डु चयन भइसकेका छन् ।
थापा पक्षले असोज १८ गतेदेखि महाधिवेशन गरिरहेको छ भने देउवा पक्षले मंसिर २१ ग्तेदेखि महाधिवेशन गर्दै छ ।














