
अत्तरिया – संविधान दिवसको अवसरमा एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले वृक्षारोपण गरेको छ।
शनीबार (आज) संविधान दिवसको अवसर पारेर लघुवित्तको सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले अत्तरियास्थित वनदेवी महिला सामुदायिक वनमा करिब पाँच सय वृक्ष रोपण गरेको हो ।

सामाजिक उत्तरदायित्वअन्तर्गत वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न प्रजातिका वृक्ष रोपण गरिएको एनएमबी लघुवित्तका प्रदेश प्रमुख राजेन्द्रबहादुर खड्काले बताए ।
कार्यक्रममा धनगढी, गोदावरी, लालपुर, चाँदनी–दोधारा र सडेपानी शाखा कार्यालयका कर्मचारी तथा समूह सदस्यहरूको सहभागिता रहेको थियो ।















