अत्तरिया – दार्चुला मालीकार्जुनकी कमला धामीको जिवन ठीकठाक चलीरहेको थियो । श्रीमानले भारत गएरै भएपनी घर खर्च धानेका थिए । यता गाँउमा कमला परिवारको रेखदेखमा जुटेकी थिईन् । गाँउमा पाखो बारी छ,उब्जनी खासै हुँदैन । कमलाको परिवार श्रीमानको भारतकै कमाइले चलीरहेको थियो । दुइ वर्षअघि उनले सडक दुर्घटनामा श्रीमान गुमाईन् । अबभने उनको परिवारको हातमुख जोर्ने खर्च आउने बाटो नै बन्द भयो ।
दुइ छोरा सहित सासुससुराको जीम्मेवारी कमला एक्लैको काँधमा आइपुग्यो । गाँउमा पाखो बारी,गहुँ चामल समेत बाहै्र महिना किनेर खानुपर्ने । “काम गरौभन्दा मजदुरी पनी नपाइने, खेत बारीमा पनी उब्जनी केहि नहुने त्यसैले तराँइमा त काम पाईएला कि भनेर एता आएकी हुँ” कैलालीको अत्तरियामा भेटीएकी कमलाले भनीन् । एक वर्ष अघि दुइ छोरा सहित कामको खोजीमा दार्चुलाबाट कैलाली झरेकी कमला अहिले मजदुरी गर्दै जेनतेन छोरा सहित आफ्नो खर्च धानीरहेकी छिन् । अत्तरियामा कोठा भाडामा लिएर बस्ने उनी अत्तरिया वरीपरी पाँच सात किलोमिटरसम्म पैदलै हिँडेर काममा पुग्छीन् ।
घर बनाउने ठेकेदार संग काम गर्छु,साइकल छैन,चलाउन पनी आँउदैन उनले थपीन् छोराहरुलाई स्कुलका लागी तयार गरेर बिहानै निस्कीन्छु ,आठ बजेसम्म पुगीहाल्छु । महिनैभरी काममा जाननमिल्ने बताँउदै उनले “कहिले बच्चा बिरामी हुन्छन्,भारी बोकेर तिनचार तलामाथी सम्म उक्लिनुपर्छ गह्रौ काम हुनाले कहिले आफु सकिदैन ।” घामपानी,सन्चो बिसन्चो केहि नभनी काम गर्दापनी घरखर्च धान्न गाह्रो भएरहेको उनले दुखेसो गरिन् ।
त्यस्तै गोदावरी ६,लालपुरकी कमला कामी श्रीमान र छोराछोरी सहित कामको शिलशिलामा भारतमा बस्दै आएकी थिईन् । छोराछारीलाई नजीकैको विधालय पठाएर उनीहरु दुवैजना काममा जान्थे जिवन एकनासले चलीरहेको थियो । एकदिन उनका श्रीमानलाई एक्कासी छातीमा समस्या आयो,हतारहतार अस्पताल पुग्दा अस्पताल पुग्दा उनको मृत्यु भइकेको थियो । ठुलो सपना बोकेर श्रीमान संगै भारत पसेकी उनी नौ महिना अघि उतै श्रीमानको धार्मीक कर्म गरेर घर फर्किइन् । काम पाईएन भन्दै छोडेर गएको गाँउको वस्तुस्थिती संग फेरी संर्घष गरिरहेकी छिन् उनी ।
कहिले कसो पाइने काम गरेर सासु सहित छोराछोरीको जिवन निर्बाह गरिरहेकी कमलालाई आर्थीक अवस्थाको मारले साह्रै पेल्छ । यी प्रतिनिधी महिलामात्रै मात्रै हुन् । मानव अधिकारका लागी महिला एकल महिला समुह गोदावरीको आयोजना तथा गोदावरी नगरपालीका महिला तथा बालबालीका शाखाको सहयोगमा दुना टपरी तालीममा सहभागी भइरहेका अधिकाशं एकल महिलाले घर खर्च धान्न साह्रै गाह्रो पर्ने दुखेसो गरे । सरकारले एकल महिलालाई दिने भत्ताले थोरै भएपनी सहाएता गर्ने उनीहरुले बताए । गोदावरी १० की रामकृष्णी चौधरीले श्रीमान गुमाएपछी भत्ताकै भरमा छोराछोरीको पढाई खर्च धानीरहेको बताईन् ।
उनले भनीन् खानलाइ त अरुको जमीनमा धान गहुँ लगाँउछु ,तर पैसा नभइ त काँ हुन्छ ,एक पटकमा आठ हजार भत्ता पाइन्छ,त्यहि पैसाले बच्चाको पढाइ खर्च,लुगा कपडा किनीदिने काम गर्छु । एकल महिलालाई मासीक दुइ हजारका दरले सामाजीक सुरक्षा भत्ताको व्यवस्था गरेको नेपाल सरकारले यो आर्थीक वर्षदेखी बढाएर २ हजार ६ सय रुपैँया पुर्याएको छ । गोदावरी नगरपालीकाभित्र करिब पाँच हजारको संख्यामा एकल महिला रहेका छन् ।
ति मध्य केहिलाई मात्रै पनी स्वरोजगार बनाउन सकिन्छकी भन्ने उदेश्यका साथ दुना टपरी तालीमको आयोजना गरिएको मानव अधिकारका लागी महिला एकल महिला समुह गोदावरीकी अध्यक्ष माया विष्टले बताईन् । छोराछोरी अली ठुला भएपछी श्रीमान गुमाँउदा आर्थीक अवस्थाको मार अली कम हुनेभएपनी छोराछोरी सानै हुँदा अनेक पीडा झेल्नुपर्ने उनीहरुले दुखेसो गरे । आम्दानीमा श्रीमानकै भरमा रहेका महिलाहरु श्रीमानको मृत्युपछी बढी समस्यामा पर्ने गर्दछन् । उनीहरुले समाजमा भोग्नुपर्ने लाञ्छनाहरु त छँदै छन् त्यो संगै आर्थीक अवस्था कमजोर हुँदा मानसीक रुपमा समेत विक्षीप्त बन्न पुग्छन् ।