सशस्त्र प्रहरी बलका २ महिला कर्मचारीबाट सगरमाथाको सफल आरोहण

Image
maya metro

काठमाडौं – सशस्त्र प्रहरी बलका दुई कर्मचारीले सगरमाथाको सफल आरोहण गरेका छन् ।

सशस्त्र प्रहरी सहायक हवलदार अनिता कार्की र सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पाले आइतबार बिहान सशस्त्र प्रहरी बल नेपालको तर्फबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका हुन् र

nisarga

सहायक हवलदार अनिता कार्कीले आज मे १७ तारिख बिहान १० बजेर २० मिनेटमा र सहायक निरीक्षक निम डिक्की शेर्पाले बिहान ११ बजेर ५५ मिनेटको समयमा सफलतापूर्वक सगरमाथाको चुचुरोमा पुग्दै इतिहास रचेका हुन् ।

सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट सगरमाथा आरोहण गर्ने उनीहरू तेस्रो र चौथो सशस्त्र प्रहरी कर्मचारी हुन् भने महिलाहरूको यो पहिलो सफल आरोहण हो ।

प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पा इलाम जिल्लाको सन्दकपुर गाँउपालिका माबुमा जन्मिएकी हुन् । आरोही अनिता कार्की सशस्त्र र राष्ट्रिय स्तरकी फेन्सिङ खेलाडीसमेत हुन् । उनी रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका–१, चुचुरेमा जन्मिएकी हुन् । उनीहरूले अनुशासन, साहस र उच्च मनोबलको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै सशस्त्र प्रहरी बल नेपालको गौरवलाई अझ उँचो बनाएको सशस्त्रले बनाएको छ ।

पर्वतीय उद्धार तथा उच्च हिमाली क्षेत्रमा दक्षता हासिल गरेका आरोहीहरूले मनाङ जिल्लास्थित चुलु फार इष्ट हिमाल तथा लोबुचे हिमालको समेत सफल आरोहण गरिसकेका छन् ।

आरोही निम डिक्की शेर्पा र आरोही अनिता कार्कीको सगरमाथा आरोहण अभियानमा क्रमश: शेर्पा निमा साङ्गे शेर्पाले र टासी ग्याल्जेन शेर्पाले मार्गदर्शक तथा सहयोगीको भूमिका निर्वाह गरेका थिए ।

उनीहरूको ऐतिहासिक सफलताले सशस्त्र प्रहरी बल नेपालभित्र महिला सहभागिता, क्षमता र नेतृत्वलाई अझ प्रेरित तथा उत्साहित बनाउने विश्वास लिइएको सहप्रवक्ता समेत रहेका डिएसपी शैलेन्द्र थापाले बताए ।