कञ्चनपुर – कञ्चनपुरमा लागु औषध सहित एक जना पक्राउ परेका छन । सशस्त्र प्रहरीले भारतबाट लागूऔषध ल्याएर आउँदै गरेको अवस्थामा एक जना युुवकलाई पक्राउ गरेको हो ।
नेपाल–भारत सीमास्थित डोकेबजारमा स्थापना गरेको चेक प्वाइन्टबाट खटिएको टोलीले चेकजाँचका क्रममा लागूऔषधसहित एक जनालाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल नं. ३५ हेडक्वाटर शैलेश्वरीले जनाएको छ ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–६ जाई बस्ने १९ वर्षीय प्रेम ऐर रहेका छन ।
उनको झोलाबाट ७८ ग्राम खैरो हिरोइन, ४ ट्यावलेट नाईट्रोभेट, दुुई वटा मोबाइल, दुुई हजार सात सय भारतीय रुपैयाँ, तीन वटा घडीलगायत बरामद गरिएको हेडक्वाटर शैलेश्वरीले जनाएको छ ।
ऐरलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय त्रिभुुवन बस्तीको जिम्मा लगाइएको छ ।