कञ्चनपुरको हल्दुखालमा भुवा भस्सो खेलिने

Image
maya metro

कञ्चनपुर – कञ्चनपुरको हल्दुखालमा सुदूरपश्चिम क्षेत्रको मौलिक संस्कृतिक पर्व भुवा भस्सो खेलिने भएको छ। भोलि १८ गते शिद्ध सामुदायिक समिति हल्दुखालको आयोजनामा जनसेवा मावि हल्दुखालमा भुवा भस्सो खेलिने लागिएको हो।

सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गर्ने उक्त कार्यक्रममा सुदूरपश्चिमका वरिष्ट गायक नरेन्द्रराज रेग्मी, देउडा गायक लालबहादुर धामी, गायिका संगीता शाह, गायक तथा र्यापर अराज केशव र गायक लक्ष्मण अधिकारीको प्रस्तुति रहने आयोजक समितिका अध्यक्ष तथा देउडा गायक लक्ष्मण अधिकारीले जानकारी दिए। साथै कार्यक्रममा महिलाको देउडा खेल समेत हुने उनले बताए।

nisarga

यो पर्व सुदूरपश्चिमका बझाङ, बाजुरा र अछाम जिल्लामा प्रत्येक वर्ष मनाइन्छ। द्वापरयुगदेखि महाभारत युद्धपश्चात असत्यमाथि सत्यको विजय भएको खुसीयालीमा पाँच पाण्डवले यो पर्व चलाएको मानिन्छ। ढाल, तरबार समातेर बाजाको चाल अनुसार चाल मिलाउँदै खेलिने यो मौलिक पर्व पुष महिनाको औँसीदेखि पूर्णिमासम्म वा माघ मसान्तसम्म खेलिने गरिन्छ।