कञ्चनपुरमा बालिकामाथि सामूहिक बलात्कार, तीन जना पक्राउ

Image
फाईल फोटो
maya metro

कञ्चनपुर – कञ्चनपुरमा १५ वर्षीया बालिकामाथि जबरजस्तीकरणी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बेलडाँडी गाउँपालिका–१ का २१ वर्षीय विशाल सुनार, १९ वर्षीय सुबास बलायर र २१ वर्षीय प्रकाश बलायर रहेका छन्।

nisarga

बालिकामाथि जबरजस्ती करणी गरेको भन्दै परेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।