पितृहरूको सम्झनामा प्रेमराज भट्टद्वारा विद्यालयमा एक लाख ११ हजारको अक्षय कोष स्थापना

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियाका व्यवसायी प्रेमराज भट्टले आफ्ना स्वर्गीय भाइ निर्मल कुमार भट्टसहित पितृहरूको सम्झनामा विद्यालयमा अक्षय कोष स्थापना गरेका छन् ।

भट्टले गोदावरी नगरपालिका–२ मा रहेको सुप समावेशी आधारभूत विद्यालयमा एक लाख ११ हजार एक सय ११ रुपैयाँको अक्षय कोष स्थापना गरेका हुन् ।

nisarga

उक्त रकम बराबरको चेक शनीबार (आज) आश्विन कृष्ण औंसीको अवसर पारेर पत्नी कृष्णासहित भट्टले विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष बिस्नादेवी बोहरालाई हस्तान्तरण गरेका हुन् ।

पितृहरूको सम्झनालाई चिरस्थायी बनाउने र विद्यालय सञ्चालनमा सहज होस् उद्देश्यले विद्यालयमा अक्षय कोष स्थापना गरेको भट्टले बताएका छन् ।

उनले यसअघि पनि विभिन्न सामाजिक तथा सेवामूलक कार्य गर्दै आएका छन् ।