अत्तरिया बसपार्कमा अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकका लागि सहायता कक्ष स्थापना

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरिया बसपार्कमा अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकलाई लक्षित गरी सहायता कक्ष स्थापना गरिएको छ ।

नगर स्तरीय अपाङ्ग सञ्जालको आयोजनामा स्थापना गरिएको सहायता कक्षको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीले उद्घाटन गरेका हुन् ।

nisarga

सहायता कक्ष स्थापनासँगै अत्तरिया बसपार्कमा आवतजावत गर्ने अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकलाई आवश्यक सहयोग प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ ।

सार्वजनिक यातायात प्रयोग गर्ने क्रममा अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकले भोग्नुपर्ने समस्या न्यूनीकरण गर्दै उनीहरूको यात्रा सहज, सुरक्षित र व्यवस्थित बनाउन सहायता कक्षले सहयोग पुग्ने विश्वास गरिएको छ ।