सैनिक महाविद्यालय तेघरीद्धारा संविधान दिवसको अवसरमा दीप प्रज्वलन

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–२ तेघरीस्थित सैनिक आवासीय महाविद्यालय तेघरीले संविधान दिवस २०८३ को अवसरमा दीप प्रज्वलन गरेको छ ।

विद्यालय प्रांगणमा आयोजित कार्यक्रममा बोल्दै महाविद्यालयका प्रमुख व्यवस्थापक प्रमुख सेनानी खिलबहादुर रानाले सैनिक विद्यालयको रूपमा, आफूहरुको प्राथमिक दायित्व राष्ट्रप्रतिको समर्पण, अनुशासन र कर्तव्यनिष्ठाको भावना जागृत गराउनु रहेको बताए ।

nisarga

सैनिक आवासीय महाविद्यालयले सधैं राष्ट्रिय एकता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्न सक्ने अनुशासित र चरित्रवान् नागरिक तयार पार्ने लक्ष्य राखेको महाविद्यालयका प्रिन्सिपल सिद्धेश्वर पन्त (प्रकाश)ले बताए ।

संविधानले दिएका हक–अधिकारको सम्मान गर्दै आफ्नो कर्तव्यप्रति सधैं सजग रहन उनले विद्यार्थीहरुलाई आग्रह गरे ।

कार्यक्रममा विशिष्ट अतिथि समेत रहेका महाविद्यालयका पूर्व शिक्षक अधिवक्ता लछिराम आचार्यले विद्यार्थीहरूलाई संविधान, संविधान दिवस मनाउनुको औचित्यबारे प्रस्ट पारे ।

विशेष अवसरको स्मरण तथा श्रद्धा प्रकट गर्ने उद्देश्यले आयोजित कार्यक्रममा महाविद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।