कञ्चनपुरमा लागूऔषधसहित २ जना पक्राउ

Image
maya metro

कञ्चनपुर – कञ्चनपुरमा लागूऔषधसहित २ जना पक्राउ परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका–११ होल्डिग सेन्टर नजिकबाट अवैध लागूऔषध खैरो हिरोइन ३ ग्राम ३५० मिलिग्रामसहित सोही नगरपालिका–१० बस्ने २२ वर्षीय बिरेन्द्र बहादुर ऐर र २५ वर्षीय राम बहादुर चन्द पक्राउ परेका हुन्।

nisarga

दुबै जनालाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गडडाचौकी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा आइतबार साँझ शंका लागि चेकजाँच गर्दा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।