
अत्तरिया – हँसीलो चेहरा,बसेको बेला खाईलाग्दो देखीने ज्यान,बोली उस्तै मिठो । छेउमा वैशाखी राखीएको भएपनी झटट् हेर्दा उनी अपाङ्गता भएकी व्यत्ति हुन भनेर विश्वास गर्न गाह्रो हुन्छ ।
कैलालीको गोदावरी नगरपालीका ६ की खडक बुढा भोगाइको पिडादाई कुरा सामान्य भाषामा हास्दै सुनाउँछीन् । “हेर्नु, अपाङ्गता भएको व्यत्तिले सार्वजनीक गाडी चढ्न कम समस्या छ र ? सकेसम्म गाडी नै रोक्दैनन्,रोकीहाले भनेपनी माथी उक्लिनै सकिदैन,फेरी सिट पाइने की नपाइने भन्ने हुन्छ । त्यसपछी सरकारले गाडी भाडामा दिएको सहुलीएतको त कुरै नगरौँ । ” सार्वजनीक गाडी चढ्दाको यसै झन्झटका कारण कामको लागी पाएको अवसर पनी गुमाएको तितो अनुभव छ खडक संग । वैशाखीको भरमा हिडडुल गर्ने उनी पोलीयो रोगका कारण अपांग भएकी हुन् । आफ्नो दैनीक जीवनका हरेक काम उनी अपठ्यारोका बाबजुत पनी आफै गर्छीन् ।

आमाबुवा कामको शिलशिलामा भारतको गुजरातमा हुँदा उतै जन्मीएकी खडक त्यो समयमा २०४२ सालतिर गुजरातमा पोलीयो रोग अत्याधीक फैलीएको बताँउछीन् । भारतका विभीन्न अस्पतालमा उपचारमा धेरै पैसा खर्च गर्दापनी निको नभएको पोलीयो को समस्या यता नेपालमा भएको भए झारफुक गरेर पो सञ्चो हुन्थ्योकी भन्ने हुटहुटी चल्छ उनलाई अहिले पनी । दुइ वर्षकी हुँदा धेरै दिनसम्म ज्वरो आयो,औषधीले सन्चो नभएपछी डाक्टरले निको हुने भन्दै सुइ लगाए । त्यहि सुइले उनको खुट्टामा असर गरेको जस्तो भयो । पछी बुझ्दा पोलीयो भैसकेको रहेछ ।
पोलीयोले भर्खर पाइला चाल्न सिकेकी उनको जीवन अर्कैतर्फ मोडीदियो । २०५२ सालमा नेपाल फर्कीएपछी गोदावरीकै बडेँहामा रहेको अपांगता सम्बन्धी काम गर्ने एउटा सँस्थाले उनी सहितका केहि महिलालाई सिलाइकटाइ सिकायो । सिलाइको सिप सिकेपनी पढाइ नभएका कारण मुल्यांकनको समयमा नाप लिन नजानेपछी उनी विधालयमा भर्ना भईन् । खडक हाँस्दै भन्छीन् “त्यो समयमा विधालयमा अहिलेको जस्तो अग्ला भवन,चर्पी आदी थिएन त्यसैले म वैशाखी टेक्ने भएकै कारण कुनै अप्ठ्यारो भएन ।” गोदावरी ६ मा रहेको शैलेश्वरी मा वि बाट एस एल सी पास गरेकी उनले अत्तयिाको दुर्गालक्ष्मी नमुना मा वी बाट प्लस टु पास गरिन । घरबाट करिब ५ किलोमिटरको दुरीमा रहेको दुर्गालक्ष्मीमा उनले दिनहुँ सार्वजनीक सवारीमै आवतजावत गरिन् । विधालयमा कक्षाकेठा एकतला माथी भएपनी साथीहरु सहयोगी भएको हँुदा कहिल्यै अप्ठ्यारो नभएको उनको भनाइ छ । अपांग भन्दै होच्याउने पनी कतिपय हुन्छन् तर उनीहरुले यो पनी मान्छे हो,अपांग हुनु उस्को रहर होइन भन्ने बुझ्दैनन् उनी भन्छीन् कति अपांगता भएका साथीहरुले यसरी जीस्क्याएको कुरा नमीठो गरि सुनाउनुहुन्छ,निकै नरमाईलो लाग्छ । ”

अपांगता भएका व्यत्तिलाई समाजमा स्थापीत हुन निकै गाह्रो भएको उनी बताँँउछीन् । अपांगता भएका व्यत्तिका लागी थुप्रै नियम कानुन,सहुलीयत लगाएतका लगाएका कुराहरु कागजमा मात्रै सीमीत भएका छन् उनले भनीन् हरेक ठाँउमा राजनीती हुन्छ सबैले आफ्नै मान्छेलाई मात्रै अघी बढाउन खोज्छन् । अपांगता भएका व्यत्तिहरु र सँस्थाहरु भित्र समेत एक अर्काको खुट्टा काट्ने प्रवृती अधिक भएको उनी बताँउछीन् । भन्छीन् “बरु सपांग व्यत्तिले सहयोग गर्छन तर अपांगता भएकाले व्यत्तिले अपांगता भएकै व्यत्तिको डाह गर्छन् । यहि प्रवृतीका कारण कहिलेकाँहि आएका सुविधा र अवसरहरु समेत गुमीरहेका हुन्छन् । ”अपांगताको क्षेत्रमा काम गर्ने कतिपय व्यत्ति तथा सँस्थाहरुले केहि नबुझेका अपांगता भएका व्यत्तिहरुलाई विभीन्न कार्यक्रममा उपस्थीत गराँउदै लाभ लिने गरेको उनको बुझाई छ ।
अर्कोपट्टी सरकार र कानुनले समेत अपांगता भएका व्यत्तिलाई देउ भनेर प्रस्ट पारीदिएको कुरा समेत सम्बन्धीत क्षेत्रले वास्ता नै नगर्ने गरेको उनको गुनासो छ । सार्वजनीक सवारीमा अपांगता भएका व्यत्तिको लागी भाडामा छुट संगै सिटको समेत आरक्षण छ तर सार्वजनीक सवारी चढ्दा सहचालकलाई भन्दापनी छुट दिने नगरेको उनी बताँउछीन् । उनी थप्छीन् अपांग सिट भनेर लेखीएको हुन्छ तर अपांग व्यत्ति सिटै नपाएर उभीरँहदा समेत त्यो सिटमा बसेको मान्छेले छोड्दैन । ” अपांगता भएका व्यत्तिले दैनीक जीवनमा पटकपटक यस्ता कुराहरु संग ठोक्कीनुपर्ने उनी बताउँछीन् ।
हातको अपांगता भएका,बौद्धीक अपांगता ,दृष्टीबिहीन हरुलाई अझै गाह्रो हुने गर्दछ । घरमा बस्दा घरपरिवारको लाञ्छना सहनुपर्ने तथा बाहिर निस्कीदा पनी सहयोग गर्ने मान्छेहरु निकै कम भेटीन्छन् । यी सबै कुराका बाबजुत पनी हिम्मत हार्न नहुने उनी बताँउछीन् । नेपाल अपांग महिला संघ कैलालीकी अध्यक्ष समेत रहेकी उनी अहिले अपांगता भएका व्यत्तिका समस्या समाधानका लागी सक्ने सहयोग गर्न अग्रसर हुन्छीन् ।
















