आधारभूत तहको परीक्षामा सैनीक महाविद्यालय तेघरीको नतिजा शतप्रतिशत

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर-२ स्थित तेघरीमा रहेको सैनीक आवासीय महाविद्यालय तेघरीले आधारभूत तहको परीक्षामा शतप्रतिशत नतिजा हाँसिल गरेको छ ।

गोदावरी नगरपालिकाले चैत्र ५ गतेदेखि १२ गतेसम्म सञ्चालन गरेको आधारभूत तह (कक्षा ५ र ८) को परीक्षामा सैनीक आवासीय महाविद्यालय तेघरीले शतप्रतिशत नतिजा हाँसिल गरेको हो ।

nisarga

विद्यालयबाट कक्षा ८ को परीक्षामा १०१ जना सहभागी भएकोमा सबै उत्तिर्ण भएका हुन् । नगरपालिकाले बुधबार (हिजो) सार्वजनिक गरेको नतिजा अनुसार उत्तिर्ण विद्यार्थीमध्य ४ जनाले ४ जीपीए हाँसिल गरेको विद्यालयले जनाएको छ ।

त्यस्तै ८५ जनाले ए प्लस र १२ जनाले ए जीपीए हाँसिल गरेका छन् । सैनिक कल्याणकारी कोषद्धारा कक्षा ६ देखि १२ सम्म सञ्चालनमा रहेको यस विद्यालयमा ६२० जना विद्यार्थी अध्ययनरत रहेका छन् ।