
अत्तरिया – धनगढी अत्तरिया ६ लेन सडकखण्डमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा घाइते भएका कैलालीको गोदावरीका युवकको मृत्यु भएको छ ।
शनीबार बेलुकी से २ त १५१२ नम्बरको ट्याक्टर र सुदूरपश्चिम प्रदेश ०१००८ प ५७८८ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए ।

उक्त दुर्घटनामा मोटरसाइकल चालक गोदावरी नगरपालिका–६ लालपुरका ४२ वर्षीय दीपक बोगटी गम्भीर घाइते भएका थिए । बोगटीको उपचारकाक्रममा भारतको बरेलीमा आइतबार राती ११ बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ।
दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार १७ वर्षीय हेमा जोशीको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ट्याक्टर चालक गोदावरी ५ का ३२ वर्षीय हरिचन्द्र चौधरी ट्याकटरसहित कैलाली गाउँ प्रहरी चौकीको नियन्त्रणमा रहेको जनाइएको छ ।
















