फल्टुँडेबाट खसी चोरेर अत्तरियामा बेच्दै गरेका बोहरा पक्राउ

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियामा चोरीका खसी बेच्दै गरेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

फल्टुँडेबाट दुईवटा खसी चोरेर अत्तरियामा बेच्दै गरेका दार्चुलाको लेकम-५ का प्रकाश बोहरालाई इलाका प्रहरी कार्यालय मालाखेतीले पक्राउ गरेको हो।

nisarga

खसी सम्बन्धित धनीलाई बुझाएर बोहारालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक हिरासिंह महराले बताएका छन् ।