सीमामा आवतजावत सहज बनाइने

Image
maya metro

धनगढी – सशस्त्र प्रहरी बल प्रमुख प्रहरी महानिरीक्षक (आइजिपी) नारायणदत्त पौडेलले मङ्गलबार त्रिनगर–गौरीफन्टा नाकाको अनुगमन गरेका छन् ।

सीमा सुरक्षा र आवतजावतको अवस्थाबारे बुझ्न उनले स्थलगत रूपमा नाकाको अनुगमन गरेका हुन् ।

nisarga

अनुगमनपछि पत्रकारसँग कुराकानी गर्दै आइजिपी पौडेलले नाकामा आवतजावत सहज बनाउने, सीमा अपराध नियन्त्रण गर्नेलगायतका कार्य सशस्त्र प्रहरीबाट भइरहेको बतान ।

उनले नाकामा भइरहेको सुरक्षा चेकजाँचको सन्दर्भमा जानकारी लिन अनुगमन गरेको उल्लेख गरे। उनले सिमानामा डेडिकेटेड फोर्सका रूपमा सशस्त्र प्रहरी खटिएको जानकारी दिन ।

उनले सीमा अपराध नियन्त्रण गर्न सशस्त्र प्रहरीको ध्यान केन्द्रित रहेको उल्लेख गरे । सीमामा प्रहरीको खटनपटनलाई व्यवस्थित बनाउने सवालमा पनि काम भइरहेको उनले जानकारी दिन ।

सशस्त्र प्रहरीले त्रिनगर नाकामा बोर्डर इन्टरएक्सन टिम (बिआइटी) परिचालन गरेको छ । बिआइटीले सीमाक्षेत्रमा सुरक्षाव्यवस्था थप सुदृढ बनाउने, सीमापार हुने गतिविधि निगरानी गर्ने, समुदायसँग समन्वय र सहकार्य गर्ने कार्य गरिरहेको छ ।