
अत्तरिया – कैलालीको गोदावरी-२ स्थित तेघरीमा रहेको सैनिक आवासीय महाविद्यालय तेघरीका विद्यार्थी–कर्मचारीलाई भोजन शिष्टाचार तथा भान्सा स्वच्छता सम्बन्धि अभिमुखिकरण प्रदान गरिएको छ ।
महाविद्यालयले अत्तरियास्थित एभरेस्ट मल्टिपल कलेजको होटल म्यानेजमेन्ट संकायसंगको सहकार्यमा महाविद्यालयमा कार्यरत विद्यार्थी तथा कर्मचारीहरुलाई भोजन शिष्टाचार तथा भान्सा स्वच्छता सम्बन्धि तीनदिने अभिमुखिकरण प्रदान गरेको हो ।

अभिमुखीकरणमा एभरेस्ट मल्टिपल कलेजका होटल म्यानेजमेन्ट विषय विज्ञ यज्ञ कुँवर र शालिनी बाटिकाका म्यानेजर तथा एभरेस्ट मल्टिपल कलेजका शिक्षक हिमांशु भट्टले औपचारिक तथा अनौपचारिक भोजनको क्रममा अपनाउनुपर्ने शिष्टाचार, अतिथि सत्कार, भोजन गर्ने सही विधि तथा व्यावसायिक व्यवहारबारे प्रशिक्षण गराएका थिए ।
महाविद्यालयका प्रमुख व्यवस्थापक प्रमुख सेनानी खिल बहादुर रानाले भोजन शिष्टाचार व्यवसायीक मात्रै नभइ व्यक्तिको दैनिक जीवनमा पनि आवश्यक पर्ने भएको हुँदा विद्यार्थी–कर्मचारीलाई प्रदान गरिएको बताएका छन् ।
भान्सा नै स्वच्छ नभए मानिसको स्वास्थ्य स्वस्थ नहुने भएकोले भान्सामा अपनाउनुपर्ने सावधानीबारे विद्यार्थी–कर्मचारीलाई सिकाइएको रानाले बताए ।
विद्यार्थीहरुलाई जीवनउपयागी सिप तथा सामाजिक संस्कार सिकाउने उदेश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको उनको भनाई छ ।














