कांग्रेसको ‘हामी तयार छौँ’ अभियान आज सुरु हुँदै

Image
maya metro

नेपाली कांग्रेसको ‘हामी तयार छौँ’ अभियान आज सुरु हुदैछ।

पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त प्रतिपक्षी भूमिकाको स्पष्ट खाकासहित आजदेखि ‘हामी तयार छौँ’ अभियान सुरु गर्न लागिएको कांग्रेसले जनाएको छ।

nisarga

कांग्रेसले महाधिवेशनबाट पारित नीति तथा कार्यक्रम नागरिकसम्म पुर्याउन आगामी आजबाट महिनाभरि ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने भएको हो।

देशको राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक समस्या समाधानका लागि तयार रहेको पार्टीका रूपमा नागरिकमाझ प्रस्तुत गर्नु अभियानको उदेश्य रहेको नेताहरुले बताएका छन् । यो अभियान केन्द्रदेखि वडा तहसम्म चल्ने कांग्रेसले जनाएको छ।

अभियानअन्तर्गत सबै जिल्ला र सबै वडामा कार्यक्रम हुनेछन् । अभियानमा वडा तहदेखि केन्द्रसम्मका कार्यसमिति सदस्य र क्षेत्रीय प्रतिनिधिसहित तीन लाख नेता–कार्यकर्ता परिचालित गर्ने कांग्रेसको लक्ष्य छ । अभियानमा लाखौँ नेता कार्यकर्ता सहभागी हुने दाबी गरिएको छ।