जलवायु, विपद् र डिजिटल पत्रकारितासम्बन्धी तीनदिने तालिम सम्पन्न

Image
maya metro

धनगढी – जलवायु परिवर्तन, विपद् व्यवस्थापन र डिजिटल सञ्चारका विषयमा कृत्रिम बुद्धिमत्ता ९एआई० तथा तथ्यांकमा आधारित पत्रकारिता तालिम सम्पन्न भएको छ ।

अग्रलेख मल्टिमिडियाको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय पत्रकारिता तालिम तीन दिनसम्म सञ्चालन भएर सोमबार सम्पन्न भएको हो ।

nisarga

तालिममा जलवायु परिवर्तन, जलवायु पैरवी, विपद् व्यवस्थापन, डिजिटल सञ्चार तथा पत्रकारितामा एआई र तथ्यांकको प्रयोगका विषयमा प्रशिक्षण दिइएको थियो । तालिमामा प्रदेशका ९ जिल्लाबाट२४ जना पत्रकार सहभागी थिए ।

तालिममा वातावरण विज्ञ तथा पत्रकार रमेश भुसाल र आईटी विज्ञ तथा पत्रकार अरुण कार्कीले प्रशिक्षण दिएका थिए । उनीहरूले जलवायु परिवर्तनका प्रभाव, वातावरणीय मुद्दाको उठान, विपद्का घटनाको तथ्यमा आधारित रिपोर्टिङ, डिजिटल सञ्चारका माध्यम र पत्रकारितामा एआईको प्रयोगबारे सहभागीलाई प्रशिक्षण दिएका थिए ।

तालिम समापन कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गोर्कणप्रसाद भट्ट र सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रशिक्षणका कार्यकारी निर्देशक गेहेन्द्र बमले सहभागी पत्रकारलाई प्रमाणपत्र वितरण गरेका थिए ।

तालिमले पत्रकारहरूलाई जलवायु परिवर्तन र विपद्का विषयमा तथ्यांक तथा अनुसन्धानमा आधारित समाचार सामग्री तयार गर्न, डिजिटल प्रविधिको उपयोग गर्न र पत्रकारितामा एआईको प्रभावकारी प्रयोग गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

तीन दिनसम्म सञ्चालन भएको तालिममा सहभागी पत्रकारहरूले जलवायु परिवर्तन, विपद् व्यवस्थापन र प्रविधिको प्रयोगसम्बन्धी विषयमा सैद्धान्तिक तथा व्यावहारिक ज्ञान हासिल गरेका छन् ।