
अत्तरिया – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कैलालीको गोदावरी नगर समितिले नगर भित्रका समस्या पहिचान गर्ने भएको छ ।
टोलटोलमा पुगेर नागरिकसंग भेट गरी खानेपानी, विद्युत, टेलिफोन लगायतका समस्या ७ दिनभित्र टिपोट गर्न नगर समितिले नगरपालिकाभित्रका १२ वटै वडा समितिहरुलाई निर्देशन दिएको छ ।

समस्याको विवरण, स्थान, प्रभावित घरधुरी र प्रमाण संकलन गर्न पनि भनेको छ ।
साथै रास्वपा गोदावरी नगर समितिले एक सूचना जारी गर्दै खानेपानी, विद्युत, टेलिफोन लगायतका कुनै पनि समस्या भए नगर वा वडा समितिलाई जानकारी गरिदिन पनि नगरबासीसंग आग्रह गरेको छ ।
त्यसका लागि नगर उपसभापति जीडी जोशीको मोबाइल नम्बर ९८४८८९८०८१ र सचिवको मोबाइल नम्बर ९८६४५८६८१८ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।
प्राप्त समस्याहरुबारे सम्बन्धित निकायसंग समन्वय तथा पहल गर्दै आवश्यक दवाव सिर्जना गरी समस्या समाधानको प्रक्रिया अघि बढाइने जनाइएको छ ।














